राष्ट्रिय सभा अध्यक्षले सम्झिए राष्ट्रपति

काठमाडौँ : कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपति भण्डारीलाई सम्झिएका छन् । राष्ट्रिय सभामा सम्बोधन गर्ने विषयमा तिमिल्सिनाले राष्ट्रपतिलाई सम्झिएका हुन् ।
राष्ट्रिय सभामा राष्ट्रपतिले आफूखुसी सम्बोधन गर्ने व्यवस्था संविधानमा हुँदाहुँदै पनि बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रपतिको सम्बोधनको विषय निकालेको एक नेताले जानकारी दिए । राष्ट्रपतिले चाहेमा हाउस नै नबसेको अवस्थामा पनि सम्बोधन गर्न सक्ने ब्यवस्था संविधानमा छ ।
नेपालको संविधानको धारा ९५ (१) मा राष्ट्रपतिलाई कुनै पनि समय दुवै सदनमा सम्बोधन गर्न दिने छुट दिएको छ ।
उक्त धारामा भनिएको छ,'राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ ।'
बैठक बस्नुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले राष्ट्रिय सभा आठौँ अधिवेशनका एजेन्डाबारेमा छलफल गरेको छ । बिहीबार दिउँसो बसेको समितिको बैठकले राष्ट्रपतिबाट प्राप्त पत्र पढ्ने र दलका प्रतिनिधिलाई बोल्न दिने निर्णय गरेको हो ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया