ट्रम्पको घोषणा : राष्ट्रपतिमा शानदार जित भयो

काठमाडौँ- अमेरिकी राष्ट्रपति चुनावको नतिजा आउने क्रम जारी छ । पछिल्लो अपडेटमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसभन्दा अगाडि रहेका छन् ।
अमेरिकी राष्ट्रपतिमा आफ्नो शानदार जित भएको ट्रम्पले घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ । त्यस्तै ट्रम्पले अमेरिकाको स्वर्ण युग हुने बताएका छन् ।
'यो अमेरिकी जनताको लागि एक शानदार विजय हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन अनुमति दिनेछ' उनले भनेको बीबीसीले समाचार लेखेको छ ।
सात वटा महत्वपूर्ण राज्यमध्ये १६ इलेक्टोरल कलेज भएको नर्थ क्यारोलिनामा ट्रम्प विजयी हुने निश्चित भएको बीबीसीले उल्लेख गरेको छ ।
त्यस्तै पेन्सिल्भेनिया १९ इलेक्टोरल कलेज भोटसहित सबैभन्दा महत्त्वपूर्ण राज्यको रूपमा उभिएको छ । यहाँ अहिलेसम्म डोनाल्ड ट्रम्प ५१.३ प्रतिशत मतका साथ अगाडि छन् । योसँगै ह्यारिसले ४७.८ प्रतिशत मत प्राप्त गरेका छन् ।
त्यस्तै जर्जिया, मिशिगन, एरिजोना, विस्कन्सिन र नेभाडामा ट्रम्प अगाडि रहेका छन् ।

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

इजरायली अवरोधबीच गाजामा बढ्दो बाल कुपोषणका बारेमा राष्ट्रसंघको चेतावनी

पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ५४ जनाको मृत्यु

ज्यागुअर लैन्ड रोभरले बेलायतमा कर्मचारी कटौती गर्ने घोषणा

प्रतिक्रिया