अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत

काठमाडौँ- अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीले बहुमत हासिल गरेको छ ।
निर्वाचनको मत परिणाम आउनेक्रममा सय सिटको सिनेटमा रिपब्लिकनका ५१ सिनेटर विजयी भएका हुन् । अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प हुन् भने डेमोक्रेटबाट कमला ह्यारिस उम्मेद्वार छिन् ।
त्यस्तै डेमोक्रेटले अहिलेसम्म ४२ सिट जितेका छन् । अहिलेसम्म रिपब्लिकनले डेमोक्रेटले अघिल्लो निर्वाचनमा जितेका २ सिटमा विजयी हुँदै सिनेटमा बहुमत हासिल गरेका हुन् ।
रिपब्लिकन पार्टीले अघिल्लो चुनावमा डेमोक्रेटले जितेका वेस्ट भर्जिनिया र ओहाओमा जित हासिल गरेका हुन् ।
अघिल्लो चुनावमा दुवै दलले ४९-४९ सिट जितेका थिए ।
त्यसैगरी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभमा भने रिपब्लिकनले अहिलेसम्म १८३ र डेमोक्रेटले १५५ सिट जितेका छन् । ५३५ सदस्यीय तल्लो सदनमा बहुमतका लागि २१८ सिट आवश्यक पर्दछ ।

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

इजरायली अवरोधबीच गाजामा बढ्दो बाल कुपोषणका बारेमा राष्ट्रसंघको चेतावनी

पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ५४ जनाको मृत्यु

ज्यागुअर लैन्ड रोभरले बेलायतमा कर्मचारी कटौती गर्ने घोषणा

प्रतिक्रिया