एयरपोर्टबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन् । सोमबार साँझ एयर अरेबियाको उडान नम्बर जि ९५३० मा सारजाहबा काठमाडौं आएका तीन विदेशी नागरिक सुनसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू रहेका छन् ।
भन्सार ब्यागेज क्षेत्रमा रिचेक गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पीकरमा करिब ५ किलो ७ सय ग्राम सुन फेला परेको थियो । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निन्त्रणमा लिएको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले बताए ।

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

'नेपाल म्याङ्गो फेस्ट– २०२५' हुँदै

उदयपुरका आठ पालिकामा छ अर्ब ६२ करोड बजेट

११ महिनामा ९२ करोड राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कालीकोटका नौवटै पालिकाको बजेट करिब चार अर्ब

गभर्नर पौडेलको सम्पत्ति विवरणः सात कम्पनीमा शेयर लगानी

प्रतिक्रिया