एसी मिलानसँग घरेलु मैदानमै रियल म्याड्रिड पराजित

काठमाडौँ- रियल म्याड्रिड च्याम्पियन्स लिग अन्तर्गतको खेलमा एसी मिलानसँग पराजित भएको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिड आफ्नै घरेलु मैदानमा ३-१ गोल अन्तरले पराजित भएको हो ।
एसी मिलानको जितमा मलिक थिआव, अल्भारो मोराटा र तिज्जानी रेइजडेर्सले एक एक गोल गरेका थिए भने एक गोल भिनिसियस जुनियरले गरेका थिए ।
रियल म्याड्रिडको यस सिजनमा यो दोस्रो हार हो । यो हारपछि ४ खेलमा ६ अंकसहित रियल म्याड्रिड १७औं स्थानमा रहेको छ । त्यस्तै एसी मिलानको पनि ४ खेलमा ६ अंक रहेको छ र लिगमा १८औं स्थानमा रहेको छ ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया