अल नासरको एएफसी च्याम्पियन्स लिगमा फराकिलो जित

काठमाडौँ- अल नासरले एएफसी च्याम्पियन्स लिग अन्तर्गत युएईको क्लब अल ऐनलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा अल नासरले अल ऐनलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा टालिस्काले २ गोल गरेका थिए भने क्रिस्टियानो रोनाल्डो र वेस्लीले एक एक गोल गरेका थिए । त्यस्तै अल ऐनका फाबियो राफेलले एक गोल आत्मघाती गोल गरेका थिए ।
त्यस्तै अल ऐनका लागि एक गोल अल नासरका बेन्टोले आत्मघाती गोल गरेका थिए ।
यो जितपछि अल नासरको ४ खेलमा १० अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै अल ऐनको भने ४ खेलमा एक अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया