कार्यव्यवस्था बैठक : राष्ट्रिय सभाको अर्को बैठकमा उपप्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौँ : राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यो अधिवेशनको पहिलो बैठकको कार्यसूची तय गरेको छ । राष्ट्रिय सभा आठौँ अधिवेशनको पहिलो बैठक बिहीबार ४ बजे बस्न लागेको हो ।
बैठक बस्नुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले राष्ट्रिय सभा आठौँ अधिवेशनका एजेन्डाबारेमा छलफल गरेको छ । बिहीबार दिउँसो बसेको समितिको बैठकले राष्ट्रपतिबाट प्राप्त पत्र पढ्ने र दलका प्रतिनिधिलाई बोल्न दिने निर्णय गरेको हो ।
कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सत्तारुढ एमाले राष्ट्रिय सभाका मुख्य सचेतकमा खिमलाल भट्टराईलाईले यो अधिवेशनमा विधेयकका साथसाथै समितिका प्रतिवेदनहरू र संवैधानिक निकायबाट आएका पत्रहरू प्रस्तुत हुने जानकारी दिए । उनका अनुसार दोस्रो बैठकमा सरकारका तर्फबाट उपप्रधानमन्त्रीसमेत रहेका मन्त्री विष्णु पौडेल सम्बोधन गर्नेछन् ।

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

प्रतिक्रिया