समाजलाई समृद्ध बनाउन सबै समुदायका संस्कृति, मौलिक परम्परा र चाडपर्वको महत्व छ : नेपाल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विविधतायुक्त नेपाली समाजलाई समृद्ध बनाउन सबै समुदायका संस्कृति, मौलिक परम्परा, चाडपर्वको महत्व रहेको बताएका छन् ।
हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहारका अवसरमा शुभकामना दिँदै उनले देशको पहिचान र परम्परालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न हरेक समुदायले आफ्नो मौलिक, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्ने विचार व्यक्त गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त समाजले समग्र नेपालीलाई एकताबद्ध गरी राष्ट्रियतालाई बलियो बनाउने उल्लेख गरे ।
विभिन्न चाडपर्व, धार्मिक परम्परा र संस्कृतिले मानव जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्ने बताउँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं प्रगतिको कामना गरेका छन् । अध्यक्ष नेपालले संस्कृतिको संरक्षणबाट विभिन्न समुदायबीच आपसी मेलमिलाप, सहअस्तित्व, भ्रातृत्व, सामाजिक सद्सुदृढ गरी सामाजिक एकता कायम गर्न सकिने बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया