गाजामा पोलियो खोप अभियान पुन: सुरु : डब्लुएचओ

जेनेभा (स्विट्जरल्यान्ड)- उत्तरी गाजामा पहुँचको अभाव, तीव्र आक्रमण र पटक–पटकको निकासी आदेशका कारण गत अक्टोबर बाट स्थगित भएको पोलियो खोप अभियानको तेस्रो चरण आजबाट सुरु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
डब्लुएचओ र संयुक्त राष्ट्रसंघीय बाल कोष(युनिसेफ) ले जारी गरेको संयुक्त विज्ञप्तिका अनुसार परिवारलाई आफ्ना बच्चाहरूलाई खोपका लागि सुरक्षित रूपमा ल्याउन र अभियान गतिविधिहरू आयोजना गर्न असम्भव भए पछि अभियान स्थगित भएको थियो ।
हाल अभियान सञ्चालनका लागि आवश्यक तयारी सुनिश्चित गर्दै सुरु गरेको जनाइएको छ । गाजामा गत सेप्टेम्बर मा सञ्चालन गरिएको खोपको पहिलो चरणको तुलनामा अभियानको क्षेत्र घटाइ हाललाई गाजा सहरमा मात्र सीमित रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जबालिया, बेत लाहिया र बेत हानुनलगायतका गाजाका सहरहरूमा दस वर्ष मुनिका करिब १५ हजार दुर्गम बालबालिकाहरु अभियानबाट छुटेका छन् । पोलिओ भाइरसको सङ्क्रमण रोक्न प्रत्येक समुदाय र छिमेकका कम्तिमा ९० प्रतिशत बालबालिकाले खोप लगाउनु पर्ने आवाश्कता रहेको जनाइएको छ ।
गाजाका बालबालिकामा पहुँचको अभाव भए पनि गाजाका लागि पोलियो प्राविधिक समितिले अभियान पुन: सुरु गर्ने निर्णय गरेको छ । यसको उद्देश्य पोलियो खोप सकेसम्म धेरै बच्चाहरूसम्म पुगाई जोखिमलाई कम गर्नु र गाजाका अन्य भागबाट गाजा शहरमा आएकाहरुलाई खोप लगाउने अवसर प्रदान गर्नु रहेको जनाइएको छ ।
अभियानले मध्य र दक्षिणी गाजामा दोस्रो चरणको पहिलो दुई चरणहरूको सफल कार्यान्वयन गरिसकेको छ । (एएनआई)

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

इजरायली अवरोधबीच गाजामा बढ्दो बाल कुपोषणका बारेमा राष्ट्रसंघको चेतावनी

पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ५४ जनाको मृत्यु

ज्यागुअर लैन्ड रोभरले बेलायतमा कर्मचारी कटौती गर्ने घोषणा

प्रतिक्रिया