आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

बेपत्ता बालक अझै भेटिएन्

सिमकोट (हुम्ला)- हुम्लामा एक बालक चार दिनदेखि बेपत्ता छन् । खार्पुनाथ गाउँपालिका–३ राया गाउँका दुई वर्षीय सरत रोकाया यही कात्तिक १४ गतेदेखि बेपत्ता भएका हुन् । 

खार्पुनाथ–३ का वडाध्यक्ष च्याङ्गा बोहराका अनुसार सरत घरबाटै  हराएका हुन् । आमा बुवा दिउँसो खाजा खान घरभित्र गएको समयमा बालक घरबाहिर खेल्दै गर्दा हराएको उनको भनाइ छ । 

बालक हराएपछि राया गाउँका बासिन्दा चार दिनदेखि उनको खोजी गरिरहेका छन् । बालक हराएपछि परिवारजनले खोजी गर्न स्थानीय प्रहरी चौकीलाई गुहारेका छन् ।