पोर्चुगलका रुबेन बने म्यानचेस्टर युनाइटेड मुख्य प्रशिक्षक

काठमाडौँ- म्यानचेस्टर युनाइटेडले पोर्चुगलका रुबेन अमोरिमलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
रुबेन जुन २०२७ सम्मका लागि प्रशिक्षक बनेको म्यानचेस्टर युनाइटेडले आधिकारिक जानकारी दिएको हो । ३९ वर्षीय रुबेन हाल पोर्चुगलको स्पोर्टिङ सिपीका प्रशिक्षक थिए । रुबेनले नोभेम्बर ११ देखि प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने युनाइटेडले जानकारी दिएको छ ।
क्लबको लगातार खराब प्रदर्शनपछि म्यानचेस्टर युनाइटेडले गत आइतबार आफ्ना प्रशिक्षक एरिक टेन ह्यागलाई बर्खास्त गरेको थियो ।
रुबेनलाई भित्र्याउन युनाइटेडले स्पोर्टिंगसँग उनको १० मिलियन युरोको एक्जिट क्लज अनुसारको रकम तिरेको बताइएको छ ।
२०२० को मार्च देखि स्पोर्टिंगको प्रशिक्षक रहेका रुबेनले स्पोर्टिङलाई २ सिजन लिग जिताएका छन् भने कुल ५ उपाधि जिताएका छन् ।
रुबेन आफ्नो स्पष्ट खेल खेलाउने तरिकाका लागि पोर्चुगलमा परिचित छन् । उनले उनको कोचिंग क्यारियरमा अहिलेसम्म ३-४-३ फर्म्याटमा खेलाउदै आएका छन् ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया