आज म्हः पूजा

काठमाडौँ- कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । आत्मसन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।
यही शास्त्रीय मान्यता र विश्वासका आधारमा आत्म (म्हः) पूजा गर्ने परम्परा बसेको हो । यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा मनाउने गरिएको छ ।

११ जनालाई डिएसपीवाट एसपीमा बढुवा गराउन सिफारिस

तारकेश्वरको टुसालचौर खेल मैदानमा मृतावस्थामा महिला फेला
_WbwxcTG7Hu_sdgq7hooprt45mjpdvx2rgh9rk9plpx5itffppxaextptl4zudxpmgbjo6im_YFDtIsjAXS_co0cdhhyh34zpuldnannxykvaw1joti8ni1ps0km5jgyksgzh0cwuv2r5ca4.jpg)
पशुपतिनाथको चारै ढोका खुला, भक्तजनको घुइँचो (फोटो फिचर)

वर्षातमा पनि आगलागीका घटना

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

मधेशका डिआईजी चतुर्वेदीद्वारा शान्ति सुरक्षा तथा अनुशासनमा कडाइ गर्ने निर्देशन

प्रतिक्रिया