मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु

चितवन- भरतपुर महानगरपालिका–२२ अम्रेलास्ट्रिट नजिकै गएराति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गएराति करिब १ बजेको समयमा बागमती प्रदेश०२–०५१ प १०२१ नम्बरको मोटरसाइल आफै अनियन्त्रित भई पल्टिँदा चालक भरतपुर–२२ बस्ने वर्ष ३१ को अशोक भुजेल गम्भिर घाईते भएका थिए । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराति २ः१३ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मोटरसाइकल धनी भने अर्कै व्यक्ति भएको खुलेको छ । मोटरसाइकल र मोटरसाइकल धनी भरतपुर–२२ बस्ने २२ वर्षीय सुदिप आले मगरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया