साउदी अरबपछि सिंगापुरमा पनि 'सिंघम अगेन' रिलिज नहुने

काठमाडौँ- बलिउडका चर्चित निर्देशक रोहित शेट्टीद्वारा निर्देशित र अजय देवगन अभिनित ‘सिंघम अगेन’ साउदी अरबमा रिलिज रोकिएपछि अब सिंगापुरमा पनि आजको रिलिज रोकिएको छ ।
मिडिया रिपोर्टका अनुसार सिंगापुरमा सेन्सर प्रक्रिया पुरा नभएका कारण आज रिलिज नहुने भएको हो । फिल्मको रिलिज अर्को सातासम्म मात्र हुनसक्ने बताइएको छ ।
यसअघि सिंघम अगेन र अनिस बज्मी निर्देशित र कार्तिक आर्यन स्टारर ‘भूल भुलैया ३’ लाई साउदी अरेबियामा प्रतिबन्ध लगाइएको थियो ।
साउदी अरबमा ‘सिंघम अगेन’ र ‘भुल भुलैया’लाई प्रतिबन्ध लगाइएपछि ठूलो झट्का लागेको छ ।
योसँगै भारतीय फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ र शिवकार्तिकेयनको फिल्म ‘अमरन’ साउदी अरबमा अब रिलिज नहुने भएका छन् ।
साउदी बाहेक खाडीका अन्य देशमा भने रिलिज हुने बताइएको छ । साउदी अरब भारतीय चलचित्रलाई लिएर निकै कडा छ । खाडी अधिकारीहरूले राष्ट्रवादी तत्वहरू, धार्मिक वा यौन सामग्री भएका भारतीय चलचित्रहरू थिएटरहरूमा प्रदर्शन गर्न अनुमति दिँदैनन् । तर, खाडी मुलुकमा भारतीय फिल्ममाथि प्रतिबन्ध लगाइएको यो पहिलो पटक भने होइन ।
अजय देवगनको ‘सिंघम अगेन’ र कार्तिक आर्यनको ‘भूल भुलैया ३’ विभिन्न कारणले साउदी अरबमा प्रतिबन्धित भएका छन् ।
सिंघम अगेन धार्मिक द्वन्द्वका कारण त्यहाँ रिलिज नहुने बताइएको छ भने भूल भूलैया-२ समलिङ्गी विषय भएका कारण प्रतिबन्धमा परेको छ । रिपोर्टका अनुसार, रोहित शेट्टीको सिंघम अगेनको रिलिज एक अरब देशमा धार्मिक द्वन्द्वको चित्रणका कारण रोकिएको छ ।
रिपोर्टमा अनीस बज्मीको फिल्ममा कार्तिक आर्यनको चरित्रमा समलैंगिकताको सन्दर्भ समावेश भएको पनि उल्लेख छ, जसका कारण साउदी सरकारले प्रतिबन्ध लगाएको छ ।
हरेक वर्ष जस्तै यस वर्ष पनि दीपावलीमा भारतमा धेरै फिल्म रिलिज हुँदैछन् । नोभेम्बर १ मा कार्तिक आर्यनको ‘भूल भुलैया ३’ अजय देवगन-रोहित शेट्टीको सिंघम अगेनसँग भिड्दैछ ।

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

प्रतिक्रिया