फ्रेन्चाइजीबाट किन रिलिज गरिए राहुल, पन्त र अय्यर ?

काठमाडौँ- आइपिएलका सबै १० फ्रेन्चाइजीहरूले सन् २०२५ का लागि खेलाडी रिटेन र रिलिजको सूची जारी गरेका छन् ।
यसक्रममा केही फ्रेन्चाइजीले ठूलो निर्णय गरेका छन् । दिल्ली क्यापिटल्स, कोलकोता नाइट राइडर्स र लखनउ सुपर जाइन्टले आफ्ना कप्तानलाई नै रिलिज गरेका छन् । कप्तानको फ्रेन्चाइसँगको सम्बन्ध राम्रो नभएका कारण तीनै कप्तानलाई रिलिज गरिएको छ । दिल्लीले ऋषव पन्तलाई, लखनउले केएल राहुललाई र कोलकोताले श्रेयस अय्यरलाई रिलिज गरेका हुन् ।
यसका पछाडि धेरै कारणहरू बताइन्छ । आईपीएल सन् २०२४ मा लखनउका मालिक सञ्जीव गोयन्कासँग राहुलको झगडादेखि लिएर टी–२० मा उनको खराब ब्याटिङका कारण रिलिज गरिएको बताइएको छ । तर, सबैभन्दा ठूलो कारण राहुलले टी–२० मा परिस्थिति अनुसार ब्याटिङ गर्न नसकेको हो ।
त्यस्तै दिल्ली क्यापिटल्सले पनि ऋषभ पन्तलाई रिलिज गरेको छ । वास्तवमा पन्त र जीएमआर व्यवस्थापन सह-मालिक जीएसडब्लुबीच टोलीमा खेलाडीलाई रिलिज गर्ने विषयमा विवाद भएको थियो । पन्त टोलीको निर्णयमा आफ्नो जिम्मेवारी पूरा गर्न चाहन्थे, जबकि दिल्ली फ्रेन्चाइज त्यसका लागि तयार थिएन । दिल्लीले पन्तलाई टिममा राख्ने तर कप्तानी नदिने बताएपछि पन्तले दिल्ली छोड्ने निर्णय गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
त्यस्तै कोलकोताले पछिल्लो सिजनमा आइपिएलको उपाधि जिताएका कप्तान श्रेयस अय्यरलाई रिलिज गरेर सबैलाई चकित पारेको छ । कोलकोताले श्रेयस पछिल्लो पटक राष्ट्रिय टिममा नियमित नभएको र धेरै रकम माग गरेका कारण रिलिज गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
अब राहुल, पन्त र अय्यर आगमी मेगा अक्सनमा जाने भएका छन् । मिडिया रिपोर्टका अनुसार पञ्जाव किंग्स, आरसिबी र चेन्नई सुपर किंग्सले यी तीन खेलाडीमाथि ठुलो बोलि लगाउन सक्ने उल्लेख गरिएको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_YVkbrXFyX6_p3bpbrgapoekv84yglbhifzatfksra7qzyeull2maafcpkilf2fby6eaevno.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया