बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

'पठाओ पोइन्ट्स' सुरू,  नेपालभर रियल टाइम 'पठाओ पार्सल' डेलिभरी सेवा

काठमाडौँ- पठाओले तिहारको शुभकामनासहित  ग्राहकका लागि 'पठाओ पोइन्ट्स' र नेपालभर रियल टाइम पार्सल डेलिभरी सेवा विस्तार गरेको छ। पठाओ पोइन्ट्स सुविधाबाट ग्राहकले पठाओका कुनै पनि सेवा प्रयोग गर्दा लाभ स्वरूप पठाओ पोइन्ट्स प्राप्त गर्नेछन् । 

ग्राहकले पठाओको राइड, फूड अर्डर र अन्य सेवामा गर्ने खर्चको  दश प्रतिशत बराबर पोइन्ट्स पाउनेछन्, जसलाई विभिन्न पठाओ सेवा प्रयोग गर्दा रिडिम गर्न सकिने जनाइएको छ।

पोइन्ट्स प्रयोग गर्न ग्राहकले पठाओ एपको होम पेजको 'पोइन्ट्स' ट्याबमा जानुपर्ने हुन्छ। त्यहाँ  जम्मा भएका पोइन्ट्स हेर्न र रिडिम गर्न सकिनेछ। पोइन्ट्स रिडिम गरी पठाओका सेवामा छुट दिलाउने मात्र नभई, पठाओसँग आवद्ध रेस्टुरेन्ट, पार्टनर र अन्य व्यवसायमा पनि छुट पाउनेछन् । ग्राहकले क्यूआर कोड स्क्यान गरी लाभ लिन सक्नेछन् ।  

पठाओले ग्राहकका लागि फरक पोइन्ट्सअनुसार फरक स्तर पनि राखिएको छ। ब्रोन्ज, सिल्वर, गोल्ड, र प्लेटिनम स्तरमा विभाजित यी लाभका स्तरले ग्राहकको जम्मा पोइन्ट्सअनुसार छुट र सुविधामा वृद्धि गर्दै लैजानेछ। ग्राहकको स्तर जति माथि पुग्छ, उति नै विशेष लाभ पाउन सकिने यो योजनाबाट ग्राहकलाई थप आकर्षित गराउने लक्ष्य कम्पनीले राखेको छ।

रियल टाइम पार्सल डेलिभरी
पठाओले काठमाडौँ उपत्यका बाहिर पनि रियल टाइम पार्सल डेलिभरी सेवा विस्तार भएको छ। अब ग्राहकले आफ्नो सहरभित्र रहेका अन्य व्यक्तिलाई साना कुरियरजस्ता प्याकेज, डकुमेन्ट, गिफ्ट, घरायसी सामग्री र खरिद गरिएका सामान तुरुन्त पिकअपसहित पठाउन सक्नेछन्। यो सेवा विस्तारले पठाओको प्रभावकारी सेवा काठमाडौँ बाहिरका शहरमा समेत पुर्‍याउनेछ।

कम्पनीले सुपर एप बन्ने योजनाअनुसार ग्राहक सुविधालाई ध्यानमा राख्दै विभिन्न सेवा तथा सुविधा थप गरिरहेको पठाओ नेपालका निर्देशक सुरक्षा हमाले बताइन्। यही अक्टोबर ३१ देखि ग्राहकले पठाओ पोइन्ट्स र पार्सल डेलिभरी सेवाहरू पूर्ण रूपमा प्रयोग गर्न सक्नेछन्। नयाँ योजनाले ग्राहकलाई थप लाभान्वित गर्नुका साथै नेपालमा डिजिटल सेवाको क्षेत्रमा नयाँ मापदण्ड कायम गर्ने कम्पनीले विश्वास लिएको छ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम