गैरआवासीय नेपाली संघद्वारा निर्वाचन समिति गठन
काठमाडौं : गैरआवासीय नेपाली संघले निर्वाचन समिति गठन गरेको छ। सङ्घका अध्यक्ष कुमार पन्तले आगामी अक्टोवरमा १० औं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने संघको पदाधिकारीको निवार्चन सम्पन्न गर्नका लागि विधानको उपदफा २१.१ बमोजिम निर्वाचन समिति गठन गरेका हुन् ।
समितिको प्रमुख निर्वाचन आयुक्तमा वरिष्ठ अधिवक्ता लिलामणी पौड्याल (नेपाल) रहेका छन् । त्यस्तै सदस्यहरूमा संघका संरक्षक राम प्रताप थापा (जर्मनी), डा. गणेश गुरुङ (नेपाल), डा. देवकाजी डङ्गोल (कतार), चिरिञ्जवी ढकाल (युके), डा. विष्णुमाया परियार( युएसए) रहेका छन् भने समितिको सदस्य सचिवमा भूषण घिमिरे जापान रहेको सङ्घको सचिवालयले जनाएको छ । रासस

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

प्रतिक्रिया