साफ महिला च्याम्पियनसिप: बंगलादेश र नेपालले गरे एक-एक गोल

काठमाडौँ - साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा बंगलादेश र नेपालले एक/एक गोल गरेका छन् । काठमाडौँस्थित दशरथ रंगशालामा जारी खेलमा बंगलादेश र नेपालले एक/एक गोल गरेका हुन् ।
खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १-० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी हुन् ।
पहिलो हाफमा नेपाल र बंगलादेश दुवैले गोल गर्ने केही अवसर पाएपनि गोल गर्न सकेका थिएनन् ।
साफ फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायतका विशिष्ट व्यक्तिहरू रंगशाला पुगेका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया