प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमको एक करोड २ लाख ७० हजार सहयोग

नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड दुई लाख सत्तरी हजार दुई सय चौध रुपैयाँ रकम जम्मा गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोषमा रकम जम्मा गरेको जानकारी पत्र हस्तान्तरण गरिन् ।
अविरल वर्षाका कारणले काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा भएको बाढी-पहिरो तथा डुबान लगायतका प्राकृतिक विपत्तिका पीडितहरूलाई राहतस्वरूप टेलिकमले कोषमा रकम जम्मा गरेको हाे ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति रहेको उल्लेख गर्दै संस्थाको साख उच्च राख्दै जनतालाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने गरी अगाडि बढ्न निर्देशनसमेत दिएक थिए ।

दोर्दी केन्द्र जोड्ने सडक कालोपेत्र गर्न सुरु

मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने

छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

वर्षाले नारायणघाट बुटवल खण्ड अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

देशका पाँच मुख्य राजमार्ग अवरुद्ध, तीन राजमार्ग एकतर्फी सञ्चालनमा

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

धुर्कोट–इस्मा जोड्ने झोलुङ्गे पुल निर्माण

प्रतिक्रिया