जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ

पर्सा - वीरगंज महानगरपालिका-८ गहवा टोलस्थित प्रभु साह कानुको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-८ गहवा टोल बस्ने ४० वर्षीय बिरेन्द्र साह कानु समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६५ हजार रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-५ बनगाउँ बस्ने ३२ वर्षीय भिम घटालको घरमा जुवातास खेलिरहेको अवस्थामा भिम समेत १२ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ३ सय २२ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।
बझाङ, जयपृथ्वी नगरपालिका-९ सिमखेत बस्ने बजुर खड्काको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा बजुर समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार १ सय ३० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-८ हरीनगर बस्ने प्रदिप भुलको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रदिप समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार २ सय ३० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
इलाम, इलाम नगरपालिका-७ चोक बजारमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने ४४ वर्षीय सुमन श्रेष्ठ समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४५ हजार ३ सय ६० रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

११ जनालाई डिएसपीवाट एसपीमा बढुवा गराउन सिफारिस

तारकेश्वरको टुसालचौर खेल मैदानमा मृतावस्थामा महिला फेला
_WbwxcTG7Hu_sdgq7hooprt45mjpdvx2rgh9rk9plpx5itffppxaextptl4zudxpmgbjo6im_YFDtIsjAXS_co0cdhhyh34zpuldnannxykvaw1joti8ni1ps0km5jgyksgzh0cwuv2r5ca4.jpg)
पशुपतिनाथको चारै ढोका खुला, भक्तजनको घुइँचो (फोटो फिचर)

वर्षातमा पनि आगलागीका घटना

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

मधेशका डिआईजी चतुर्वेदीद्वारा शान्ति सुरक्षा तथा अनुशासनमा कडाइ गर्ने निर्देशन

प्रतिक्रिया