दक्षिण अफ्रिकाका रबाडा टेस्टको बलिङ वरीयतामा शीर्ष स्थानमा

काठमाडौँ - दक्षिण अफ्रिकाका तीब्र गतिका बलर कागीसो रबाडा टेस्ट क्रिकेटको बलिङ वरीयतामा शीर्ष स्थानमा उक्लिएका छन् ।
आइसीसीले बुधबार जारी गरेको नयाँ वरीयतामा रबाडाले भारतका जसप्रित बुमराहलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएका हुन् । उनी यसअघि तेस्रो स्थानमा थिए ।
यस अघि २०१८ मा पनि शीर्ष स्थानमा रहेपनि त्यसपछि लगातार पछाडि परिरहेका थिए । उनले पछिल्ला दिनमा टेस्ट क्रिकेटमा गरेको उत्कृष्ट प्रदर्शनका कारण शीर्ष स्थानमा फेरी उक्लिएका छन् ।
त्यसैगरि अस्ट्रेलियाका जोश हजेलवूड टेस्ट बलरको वरीयतामा दोस्रो स्थानमा रहेका छन् । उनले आफ्नो एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन् ।
त्यस्तै यसअघि शीर्ष स्थानमा रहेका भारतका बुमराह भने तेस्रो स्थानमा झरेका छन् । त्यस्तै चौथो स्थानमा पनि भारतकै आर आश्विन रहेका छन् ।
त्यसैगरी पाँचौं स्थानमा अस्ट्रेलियाका पाट कमिन्स रहेका छन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_YVkbrXFyX6_p3bpbrgapoekv84yglbhifzatfksra7qzyeull2maafcpkilf2fby6eaevno.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया