गढीमाई मन्दिरको दान पेटिका र रसिदबाट ९ लाख ६६ हजार नगद संकलन

बारा- बारा जिल्लाको विश्वप्रसिद्ध गढीमाई मन्दिर परिसरमा राखिएका दान पेटिका र रसिदबाट ९ लाख ६६ हजार ४१३ रुपैयाँ नगद संकलन भएको छ ।
महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवका अनुसार मन्दिर प्रांगणमा राखिएको ४ वटा दान पेटिकाबाट ७ लाख ३५ हजार ३४१ रुपैयाँ नगद र रसिदबाट २ लाख ३१ हजार ७२ रुपैयाँ संकलन भएको हो । यसका साथै भक्तजनले गढीमाई मातालाई ७ थान सुनका गहना र २६ थान चाँदीका गहना पनि चढाएका छन् ।
संकलित दान रकम र गरगहनाको बारेमा नगरपालिकाको मेयर सामाजिक संजाल मार्फत जानकारी गराएका छन । संकलित दान रकम मन्दिरको विकासका लागि बनाइएको ‘मास्टर प्लान’ अनुसार भव्य मन्दिर निर्माणमा खर्च गरिने महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले जानकारी दिए । गढीमाईको पाँच वर्षिय मेला यस वर्ष मंसिर १७ देखि मंसिर ३० सम्म हुने भएको छ ।
मेला संयोजक समेत रहेका मेयर उपेन्द्र यादवका अनुसार यो वर्ष एक हजार बिघामा मेला आयोजना हुने र भक्तजनको सुरक्षाका लागि उचित प्रबन्ध मिलाइएको छ । साथै, यस वर्षको मेलामा खेलकुदका अन्य सामाग्रीसंगै सातै प्रदेशका कृषिजन्य वस्तुहरू पनि प्रदर्शन गरिने तयारी रहेको छ ।

११ जनालाई डिएसपीवाट एसपीमा बढुवा गराउन सिफारिस

तारकेश्वरको टुसालचौर खेल मैदानमा मृतावस्थामा महिला फेला
_WbwxcTG7Hu_sdgq7hooprt45mjpdvx2rgh9rk9plpx5itffppxaextptl4zudxpmgbjo6im_YFDtIsjAXS_co0cdhhyh34zpuldnannxykvaw1joti8ni1ps0km5jgyksgzh0cwuv2r5ca4.jpg)
पशुपतिनाथको चारै ढोका खुला, भक्तजनको घुइँचो (फोटो फिचर)

वर्षातमा पनि आगलागीका घटना

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

मधेशका डिआईजी चतुर्वेदीद्वारा शान्ति सुरक्षा तथा अनुशासनमा कडाइ गर्ने निर्देशन

प्रतिक्रिया