सीमामा तस्करी रोक्न सरकार असक्षम - बामदेव गौतम

काठमाडौँ -राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाल–भारत सीमामा तस्करी रोक्न सरकार असक्षम देखिएको बताएका छन् ।
सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा गौतमले सीमामा खुलारुपमा तस्करी हुदा समेत सरकार यसलाई रोक्न असक्षम देखिएको बताएका हुन् ।
नेपालमा उत्पादित सुपारी निर्यातवारे समितिको छलफलमा गौतमले सरकारका रहेका व्यक्तिहरु नै तस्करहरुसंग मिलेको र कहिले पनि समाधान हुन नदिने खेल भएको जिकिर गरे ।
नेपाल–भारत सीमामा देखिएका तस्करी लगाएतका समस्या नियन्त्रण गर्न विधेयक बनाएर कानून तर्जुमा गर्नुपर्नेमा उनले जोड दिए । गौतमले खुला सिमानाको दुरुपयोग सुधार गर्न सरकारले कुनै पहलकदमी लिन नसकेको जिकिर गरे ।
नेपालमा उत्पादन भएको बस्तु खुला सिमानाबाट भन्सार छलेर भारततर्फ लैजाने गरेको र यसका कारण मुलुकको राजस्व समेत गुमेको उनले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया