नेपाली समाजलाई फेक न्यूजबाट बचाऔं : उपप्रधानमन्त्री सिंह

काठमाडौँ- उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई फेक न्यूजबाट जोगाउन आग्रह गरेका छन् ।
नेपाल टेलिभिजन कर्मचारी संघको आयोजनामा दिपावली, नेपाल संवत् र छठको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले फेक न्यूजलाई रोक्न जिम्मेवार सञ्चारमाध्यमहरूले भूमिका खेल्नुपर्ने बताएका हुन् ।
‘आफ्नो पेशाबाट तपाईंहरूले नेपालका समाजलाई फेक न्यूजबाट होइन की सत्य समाचारबाट सूचित गर्नुस् । फेक न्यूजबाट नेपाली समाजलाई जोगाउन भूमिका खेल्नुस्’, उनले भने ।
त्यस्तै अहिले व्यवस्था बदलियो अवस्था उस्तै छ भनेर गलत भाष्य स्थापित गर्ने प्रयास भइरहेको भन्दै व्यवस्था परिवर्तनसँगै अवस्था पनि परिवर्तन भएको उनको भनाई थियो ।
‘पहिला एउटा टेलिभिजन थियो, अहिले कति वटा छ ? पहिला एउटा एयरलाइन्स थियो, अहिले कति छ ? बैंकहरू अहिले कति थियो अहिले कति छ ? पहिला इञ्जिनियरिङ कलेज एउटा थियो, अहिले कति वटा भइसक्यो ?’ उनले भने,‘ कोही आएर केही भनिदिए हुने ? कमन सेन्स प्रयोग गर्न नपर्ने ?’
उपप्रधानमन्त्री सिंहले लोकतन्त्रमा सबैले अधिकारको कुरा गर्न पाउने तर त्यो सँगै जिम्मेवारी पनि विर्सन नहुनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया