शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

एनसीएचएल र स्मार्ट च्वाइस् टेक्नोलोजिबीच नेपालपे कार्डको लागि समझदारी

काठमाडौँ- नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल० र स्मार्ट च्वाइस् टेक्नोलोजि (एस्सिटि)बीच नेपालपे कार्ड जारी गर्न र बअत्रगष्चभ गर्न पूर्वाधार तयार गरी इन्टिग्रेट गर्ने समझदारी भएको छ । समझदारीपत्रमा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान तथा एस्सिटिका तर्फबाट प्रमुख कार्यकारी अधिकृतमनोज घिमिरेले हस्ताक्षर गरेका हुन् ।

नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा एनसीएचएले चरणबद्घ रुपमा स्थापना गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको दोस्रो चरण अन्तर्गत नेपालको आफ्नै डोमेस्टिक कार्ड स्कीम “नेपालपे” र NPS-National Card Switch कार्यान्वयनको लागी आवश्यक जडान तथा परिक्षण कार्य भईरहेको छ ।

उक्त नेपालपे कार्डको स्वीकार्यता र प्रयोग वृद्धि गर्नको लागी एस्सीटिले आफ्नो प्रणाली तथा पूर्वाधारमा आवश्यक स्तरोन्नती गरे पश्चात् NPS-NCS को प्राविधिक सदस्यतालाई नेपालपे कार्ड जारी र acquire गर्न सक्नेछ । सञ्चालनमा आए पश्चात् उक्त कार्डको राउटिङ्ग, स्विचिङ्ग तथा सेटलमेन्ट एनसीएचएलको नेशनल पेमेन्ट स्वीच मार्फत हुनेछ ।  

एनसीएचएलले आफ्नो इएफटी कार्ड स्वीच मार्फत १२ बैंक वित्तीय संस्थालाई अन्य कार्ड स्कीमको प्रोसेसिङ्ग र कार्ड सर्भिसेस्को सुविधा प्रदान गर्दै आएको छ भने, एस्सिटिले बैंक वित्तीय संस्थाहरुलाई कार्ड प्रोसेसिङ्गको सेवा दिँदै आएको छ ।

नेपालको आफ्नै भुक्तानी कार्ड स्कीम “नेपालपे” को कार्यान्वयन पश्चात् बैंकका ग्राहकहरुले डोमेस्टिक स्कीम मार्फत नै सहज रुपमा कार्ड प्राप्त गर्न सक्ने र कारोबार गर्न सक्नेछन् साथै नेपालपे लगायतका कार्ड सम्बन्धी कारोबारहरु ल्एक् अन्तर्गत नेशनल कार्डस्वीच मार्फत हुने हुँदा नेपालपेको विस्तारमा यस समझदारीले विशेष योगदान पुग्ने विश्वास गरिएको छ ।

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि