शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

बाबर हायात कर्णालीबाट एनपीएल खेल्ने

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले हङकङका विस्फोटक ब्याट्सम्यान बाबर हायातलाई भित्र्याएको छ । ३२ वर्षीय बाबरलाई एनपीएलका लागि भित्र्याएको कर्णालीले जानकारी दिएको छ ।

कर्णालीले भित्र्याएका बाबर दोस्रो विदेशी खेलाडी हुन् । यसअघि कर्णालीले पाकिस्तानका अल राउण्डर हुसैन टलातलाई अनुबन्ध गरेको थियो ।

कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका सोमपाल कामी रहेका छन् ।

आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ ।