रोनाल्डो पेनाल्टीमा चुकेपछि किङ कपबाट बाहिरियो अल नासर

काठमाडौँ- अल नासर किङ कपबाट बाहिरिएको छ । गएराति भएको खेलमा अल नासर अल टावोउनसँग राउण्ड १६ को खेलमा १-० गोल अन्तरले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो ।
अल टाओउनको जितमा खेलको ७१औं मिनेटमा वालीद अल अहमदले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा रोनाल्डोले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा पाएको पेनाल्टी गोल गर्न चुकेपछि अल नासरले खेल बराबरी गर्ने अवसर गुमाएको थियो ।
योसँगै अल नासर किङ कपबाट बाहिरिएको छ । त्यस्तै अल टावोउन भने किङ कपको क्वाटरफाइनलमा पुगेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया