शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

भक्तपुर अस्पतालमा आजदेखि आँखाको शल्यक्रिया सुरु

फाइल फाेटाे

भक्तपुर - भक्तपर अस्पतालमा आजदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरिएको छ । बागमती प्रदेशअन्तर्गत १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पतालमा आजदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरेको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिए । 

मन्त्री थापाले प्रदेशका अन्य अस्पतालमा पनि यो सेवा विस्तारै सञ्चालनमा ल्याउने स्वास्थ्य मन्त्रालयको तयारी रहेको बताए । उनले भने, “बागमती प्रदेशका अस्पतालमध्ये भक्तपुर अस्पतालमा आजदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरेका छौँ, यो सेवा अब निरन्तर भक्तपुर अस्पतालमा चल्ने छ । यो सेवालाई विस्तार गर्ने नीति स्वास्थ्य मन्त्रालयले लिएको छ, अन्य अस्पतालमा पनि यो सेवालाई विस्तार गर्नेछौँ ।”

मन्त्री थापाले आँखाको शल्यक्रिया सेवा सञ्चालन गर्न मन्त्रालयले बजेटको व्यवस्थापन गरेको बताउँदै दरबन्दीसहितका चिकित्सकीय सेवा प्रदेशका सबै अस्पतालमा विस्तार गर्न मन्त्रालयले बजेटको व्यवस्था गर्ने पनि बताए । 

अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले आँखाको ओपिडी सेवा पहिलादेखिनै सञ्चालन भए पनि शल्यक्रिया सेवा नहुँदा बिरामीलाई बाध्य भएर तिलगङ्गा आँखा अस्पताल पठाउनुपर्ने बाध्यता आजदेखि हटेको बताए । 

उनले आज सफलतापूर्वक बिरामीको आँखाको शल्यक्रिया गरेको बताउँदै यसका लागि नेत्र विशेषज्ञ डा अनुपमा अमात्यको नेतृत्वमा दुई जना आँखा रोग विशेषज्ञ र एकजना प्राविधिक गरी तीनजना जनशक्ति खटिएको बताए । उनले अब आँखाका उपचारका लागि अन्य अस्पताल धाउनुपर्ने बिरामीको बाध्यता अन्त्य भएको बताए । रासस

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्त्री पौडेल

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल