बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

पहिरोले घर पुरिदा तनहुँमा दुई महिलाको मृत्यु

फोटो स्रोत : पवन पौडेल

पोखरा : पहिरोले घर पुरिदा तनहुँमा दुई महिलाको मृत्यु भएको छ । बन्दीपुर तामुङमा पहिरोले पुरिएको अवस्थामा दुई महिलाको शव भेटिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । 

मृत्यु हुनेमा ७० वर्षिया हरिमाया बसेल तथा करिब ३० वर्षिया सरस्वती थापा छन् । राति खसेको पहिरोमा बेपत्ता उनीहरुको शव बिहान निकालिएको हो ।