चाँदी र सुनको सिक्का लिनका लागि सर्वसाधारणको भिड

काठमाडौँ - धन्तेरसका दिन नयाँ मुद्रण गरिएका चाँदी र सुनको सिक्का लिनका लागि टक्सार महाशाखामा सर्वसाधारणको भिड लागेको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेका नयाँ मुद्रण गरिएका चाँदी र सुनको सिक्का लिनका लागि मंगलबार धन्तेरसका दिन मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको हो । चाँदी र सुनको सिक्का लिनका लागि टक्सार महाशाखाको बाहिर लामो लाइनमा सर्वसाधारण उभिएका थिए । पहिला आउनेलाई प्राथमिकता दिएर चाँदी र सुनको सिक्का बिक्री वितरण गरिएको टक्सार महाशाखाकी कार्यवाहक निर्देशक सम्झना ढकालले जानकारी दिइन् ।
तिहारका अवसरमा राष्ट्र बैंकले हरेक बर्ष नयाँ मुद्रण गरिएका चाँदी र सुनको सिक्का बिक्री वितरण गर्दै आएको छ ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया