चिनियाँ राष्ट्रपति सीद्वारा सम्पन्न समाजको निर्माण पूरा गर्ने घोषणा
चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकी समारोह आयोजित

बेइजिङः चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०० औँ वार्षिकोत्सवको अवसरमा जुलाई १ तारिख बिहान बेइजिङ स्थित थ्येनआनमन चोकमा एउटा भव्य समारोहको आयोजना गरिएको छ । सो अवसरमा चिनियाँ राष्ट्रपति, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव साथै केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले महत्वपूर्ण सम्बोधन गरेका छन् । उनले आफ्नो सम्बोधनमा चीनलाई पूर्ण रूपमा सम्पन्न समाजको निर्माण पूरा गर्ने घोषणा गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवशेनमा महासचिव सी चिन फिङले नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारा चीन राष्ट्रको पुनरूत्थानलाई सफल बनाउने निर्देशिका भएको दावीसहित सार्वजनिक गरेका थिए । यस विचारधारामा सन् २०२० सम्ममा चौतर्फी रुपमा सम्पन्न समाजको निर्माण गर्ने आधारमा यस शताब्दीको मध्यकालमा चीनलाई सबल, प्रजातान्त्रिक, सभ्य, मेलमिलाप तथा सुन्दर आधुनिक समाजवादी शक्तिशाली मुलुक बनाउनुपर्ने प्रस्तुत गरिएको थियो ।
सुधार र खुलापन नीति लागू गरिएयता चिनियाँ कम्युनिष्ट पार्टीले आधुनिक राष्ट्रिय समाजवादी निर्माण कार्यमा व्यवस्थापन गरेर जनताको आधारभूत जीवनको प्रत्याभूति गर्ने र जनताको जीवन स्तरलाई सम्पन्नतामा पुर्याउने दुईटा लक्ष्यलाई साकार तुल्याउने आधारमा चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनमा पार्टीको स्थापना भएको १०० वर्षमा आर्थिक समाजको अझै विकास, प्रजातन्त्रलाई अझै पूर्णता, वैज्ञानिक शिक्षामा थप प्रगति, सभ्यताको अझै समृद्धि, मेलमिलापयुक्त समाजको थप विकास र जनताको जीवन अझै राम्रो तथा सम्पन्न समाजको निर्माण गर्ने लक्ष्यको प्रस्तुत गरिएको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले पूर्ण रूपमा सम्पन्न समाजको निर्माणलाई महत्वपूर्ण कार्यभारको रूपमा लिएर यस वर्षको आरम्भमा चीनले गरिबी उन्मुलनको कार्यभार पूरा गरी ९ करोड ८९ लाख ९० हजार ग्रामिण क्षेत्रका गरिब जनसङ्ख्यालाई पूर्ण रूपमा विपन्नताबाट मुक्त गरिसकेको छ ।
सम्बोधनको क्रममा महासचिव सीले पार्टीका पुराना पुस्तालाई पनि महान सम्मान व्यक्त गरेका छन् । उनले भने, ‘चीन राष्ट्रको पुनरुत्थानका लागि ठूलो योगदान दिने चिनियाँ कम्युनिष्ट पार्टीका कामरेड माओ च तोङ, कामरेड तङ स्याउ फिङ, कामरेड च्याङ च मिङ, र कामरेड हू चिन थाउलाई महान सम्मान व्यक्त गर्दछु ।’
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको तर्फबाट सीले सम्पूर्ण देशका जनतालाई उच्च सम्मान व्यक्त गर्दै हङकङ, मकाओ र थाइवानका सहोदर दाजुभाइहरुलाई हार्दिक अभिवादन व्यक्त गरे । साथै उनले चिनियाँ कम्युनिष्ट पार्टीले सधैँ नै जनताको आधारभूत हितको प्रतिनिधित्व गर्ने भन्दै चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँहरुलाई अलग बनाउने कुनै पनि कुचेष्ठा सफल नहुने पनि औँल्याए ।
सीले थाइवान विषयको समाधान गरी मातृभूमिको पूर्ण एकीकरणलाई व्यवहारमा उतार्नु नै चिनियाँ कम्युनिष्ट पार्टीले प्रयास गरिरहेको ऐतिहासिक कार्य भएको भन्दै राष्ट्रिय सार्वभौमिकता र भूभागको अविच्छिन्नतामा चिनियाँको दृढ अठोट, इच्छा र क्षमतामा कसैले वेवास्ता गर्नुहुँदैन भन्ने पनि उल्लेख गरेका छन् ।
उनले एक देश दुई प्रणालीको आधारमा उच्च स्वतन्त्रतासहित नीतिको पूर्ण तथा सही रूपमा पालना गरी हङकङ र मकाउ विशेष प्रशासन क्षेत्रमा केन्द्रीय समितिको पूर्ण प्रशासन, विशेष प्रशासन क्षेत्रले राष्ट्रिय सुरक्षाको संरक्षण गर्ने कानून तथा प्रणालीको पालना गरेर हङकङ र मकाउको दीर्घकालीन समृद्धि तथा स्थीरताको कायम राख्नुपर्ने दोहोर्याए ।
सीले चिनियाँ विशेषतायुक्त सेनाको रूपमा जन सेनालाई विश्वको अग्रणी सेनाको रूपमा निर्माण गर्ने पनि बताए । उनले जन सेनाले पार्टी र जनतालाई अमूल्य उपलब्धि प्रदान गरेको र लाल भूमि र राष्ट्रिय गरिमाको संरक्षण गर्ने बलियो स्तम्भ भएको भन्दै क्षेत्रीय तथा विश्व शान्तिको संरक्षण गर्ने बलियो दल पनि रहेको कुरामा जोड दिए ।
उनले देश निर्माण तथा भ्रष्टाचारी विरोधी कार्यलाई अघि बढाउने, पार्टीमाथि आक्रमण गर्ने भाइरसलाई हटाउने र नयाँ युगमा पार्टीको निर्माणमा प्रबर्द्धन गर्ने पनि व्यक्त गरे । चिनियाँ कम्युनिष्ट पार्टीको सिद्धान्तलाई व्यवहारमा उतार्दै सधैँ नै जनतासँग घनिष्ट सम्पर्क राख्दै सँगसँगै कठिनाई पार गरी राम्रो जीवन सिर्जना गर्नका लागि प्रयास गर्दै जान आग्रह गरे । उनले भने, ‘यसबाट पार्टी र जनताका लागि अझ ठूलो महिमा सिर्जना गर्नसकिन्छ ।’
जुलाई १ तारिख चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सयौँ वार्षिकोत्सव हो । सन् १९२१ को जुलाई महिनामा चिनियाँ कम्युनिष्ट पार्टीका दश भन्दा बढी सदस्यहरुले जोखिमको बावजुद शाङहाई र च्यासिङको नान हु तालमा रहेको एउटा डुंगामा चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो राष्ट्रिय अधिवेशनको आयोजना गरी चिनियाँ कम्युनिष्ट पार्टीको औपचारिक स्थापनाको घोषणा गरेका थिए ।
सन् १९२१ देखि सन् २०२१ सम्म एक सय वर्षको अवधिमा चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनताको नेतृत्व गरी विविध कठिनाई जितेर चिनियाँ जनताको दृढ समर्थन प्राप्त गरेको छ ।

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_aJFOeJNErR_24eph9yfahrif2ljrckrpu4homorygxpefrsvfrce4rdcz8jwd0ypra00nvc.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया