एनपीएल : क्यानडाका अलराउण्डर किर्टोन विराटनगरबाट खेल्ने

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा बिराटनगर किंग्सले क्यानडाका अलराउण्डर निकोलस किर्टोनलाई भित्र्याएको छ ।
बारबाडोसका २६ वर्षीय अलराउन्डर किर्टोनलाई एनपीएलका लागि भित्र्याएको विराटनगरले जानकारी दिएको हो । किर्टोन वेस्ट इन्डिजको यू-१९ टिमबाट पनि खेलेका थिए ।
किर्टोनलाई विराटनगरले भित्र्याएका दोस्रो विदेशी खेलाडी हुन् । यसअघि विराटनगरले ओमानका कप्तान आकिब इलियासलाई अनुबन्ध गरेको थियो ।
विराटनगरको मार्की खेलाडीमा राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने रहेका छन् ।
आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया