रास्वपाका कार्यकर्ता बालुवाटारबाट पक्राउ

काठमाडौँ- प्रहरीले बालुवाटारमा प्रदर्शन शुरु गर्ने तयारी गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तालाई पक्राउ गरेको छ ।
रास्वपाले आज पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेको विरोधमा बालुवाटारमा प्रदर्शन शुरु गर्नेक्रममा रहेको छ । बालुवाटारस्थित नेपाल हाउसमा भेला भएका नेता कार्यकर्ताहरुलाई प्रहरीले हटाउने प्रयास गरेको छ भने केहि कार्यकर्तालाई पक्राउ गरेको सांसद गणेश पराजुलीले जानकारी दिएका छन् ।
सो क्षेत्र निषेधित क्षेत्र भएपछि प्रहरीले रास्वपा कार्यकर्तालाई त्यहाँबाट जान आग्रह समेत गरिरहेको छ ।
रास्वपाले आजको प्रदर्शनमा नारा बाहेक गीत, कविता, ब्यंग्य प्रस्तुत गर्ने तयारी गरेपनि प्रहरीले हस्तक्षेप गरेपछि अब कार्यक्रम कसरी हुन्छ भन्ने स्पष्ट भएको छैन । रास्वपाले आज १२ बजेदेखि साढे २ बजेसम्म प्रदर्शन हुने जनाएको थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया