आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

मुग्लिनको पहिरोमा गाडी फस्यो, राती तीन बजेदेखि यात्रु अलपत्र

फोटो : सरस्वती विश्वकर्माको फेसबुकबाट

काठमाडौँ : चितवनको पाँचकिलोमा पहिरो खस्दा राती तीन बजेदेखि यात्रु अलपत्र परेका छन् । काठमाडौँदेखि उपत्यका बाहिर जाने र भित्रिने गाडी पहिरोका कारण पाँचकिलोमै रोकिएका छन् । गएरातीदेखि रोकिएका गाडीले पाँचकिलोमा ट्राफिक जाम समेत बढेको छ ।

पहिरो खस्न थालेपछि रोकिएको एउटा गाडी पहिरोमै फसेको छ । सानो जीप पहिरोले गर्दा फसेको पाँचकिलोबाट पत्रकार सरस्वती विश्वकर्माले जानकारी दिइन् । पहिरोका कारण रातभर यात्रु गाडीमै बस्न बाध्य छन् । 

अहिले डोजर आएर पहिरो पन्छाइरहेको पनि उनले बताइन् । वर्षायाममा नारायणगढ मुग्लिनको बाटोमा अध्याधिक पहिरो खस्ने गरेको छ ।