कांग्रेस उपसभापति गुरुङ र एमालेका पोखरेलमाथि अनुसन्धान गर्न सरकारलाई गगनको सुझाव

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले विधिको शासनमा कुनै सम्झौता गर्दैन भन्ने विश्वास जनतालाई गराउनुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा राष्ट्र बैंक कर्मचारीहरुको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै थापाले जनतालाई सरकार भएको महशुस हुनुपर्ने र विधिको शासनका कुनै सम्झौता गर्दै भन्ने विश्वास जनतालाई गराउनुपर्ने बताएका हुन् ।
उनले सहकारी प्रकरणमा बचतकर्ताको रकम फिर्ता गर्नका लागि सरकारले काम अघि बढाउनुपर्ने धारणा राखे । सहकारी ठगी गर्नेहरुको सम्पति बेचेर भएपनि सानो बचतकर्ताको रकम फिर्ता गर्ने काम सुरु गर्नुपर्ने उनले बताए ।
महामन्त्री थापाले सहकारी प्रकरणमा दोषी देखिएका सबैैलाई कारवाही गर्नुपर्ने भन्दै उनले संसदीय छानविन समितिको प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए । सहकारी ठगीमा नाम जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न सरकारलाई सुझाव दिए ।
जुनसुकै दलका नेता भएपनि अनुसन्धानमा गल्ती देखिए कारवाही गर्न सरकार पछि हट्न नहुने उनले बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया