इजरायली आक्रमणपछि इरानद्वारा स्थगित उडान पुनःसुचारु

काठमाडौँ - इरानले पछिल्लो पटक सैन्य स्थलहरूलाई लक्षित गरी गरिएको इजरायली आक्रमणको प्रभाव स्वरूप स्थगित गरेका आफ्ना उडानहरू पुनः सुरु गरेको तस्निम समाचार एजेन्सीले शनिबार इरानको नागरिक उड्डयन प्राधिकरणका प्रवक्तालाई उद्धृत गर्दै जनाएको छ ।
इजरायलले इरानको राजधानी तेहरानमा शनिबार आक्रमण गरेको जनाइएको छ । इजरायलले देशबाट “महिनौं निरन्तर आक्रमण“ को जवाफमा “इरानमा सैन्य लक्ष्यहरूमा सटीक आक्रमण“ गरेको पुष्टि गरेको छ ।
इजरायलले अक्टोबर १ मा इरानमाथि गरेको क्षेप्यास्त्र आक्रमणको जवाफ दिने वाचा गरेको थियो, जुन इस्लामिक गणतन्त्रले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि गरेको दोस्रो प्रत्यक्ष आक्रमण हो ।
इजरायली सेनाले एक विज्ञप्तिमार्फत् इरानबाट भइरहेको महिनौंको निरन्तर आक्रमणको प्रतिक्रार स्वरूप इरानी सैन्य लक्ष्यहरूमा सटीक आक्रमण गरेको बताएको छ ।
आक्रमणपछि इरानले शनिबार सबै उडानहरू स्थगित गरेको उड्डयन प्राधिकरणले घोषणा गरेको थियो ।

बंगलादेश तख्तापलटको एक वर्ष, हसिनाको घरलाई संग्रालय बनाउने घोषणा

इमरान खान पक्राउ परेको दुई वर्ष पूरा, रावलपिण्डिमा प्रदर्शनमा रोक

इजरायलले गाजामा निजी सामानको व्यापार आंशिक रूपमा पुनः खोल्ने

गाजामा बम विस्फोट र भोकमरीले दैनिक २८ बालबालिकाको मृत्यु

लिबियामा सुरक्षा कारबाहीका क्रममा ३५० जना गैरकानूनी आप्रवासी पक्राउ

गाजामा इजरायली आक्रमणमा २६ जनाको मृत्यु
अस्ट्रेलियाली प्रहरीद्वारा जासुसीको आरोपमा चिनियाँ नागरिकमाथि मुद्दा दायर

प्रतिक्रिया