अन्तर्जातीय विवाह गर्ने जोडी सम्मानित

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा-साँगाचोकगढी नगरपालिकाले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई नगदसहित सम्मान गरेको छ । अन्तरजातीय विवाह गरेका चौतारा साँगाचोकगढी नगरपालिका-९ का युनिक विक पोखरेल र राधिका गिरी, वडा नं. ५ का कृष्ण विक र शर्मिला नेपालीलाई नगद पाँच/पाँच हजारसहित नगरप्रमुख अमानसिं तामाङले सम्मान गरेका हुन् ।
नगरस्तरीय दलित समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा दलित समुदायबाट शहिद हुने गोरेबहादुर पुर्कोटी, मोहन विक र निरबहादुर विकको परिवारलाई पनि पाँच/पाँच हजारसहित सम्मान गरिएको थियो । (रासस)

खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

क्याम्पिङ क्षेत्रको सरसफाइ गरी काठमाडौँ फर्कियो स्पार्क कारको स्वयंसेवक टोली

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

प्रतिक्रिया