कुशल र ज्ञानेन्द्रको वरियतामा सुधार

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको वरियतामा सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको टी २० क्रिकेटको पछिल्लो वरियतामा भुर्तेल ६०औँ स्थानमा तथा मल्ल ९२औँ स्थानमा रहेका छन् । यसअघि भूर्तेल ६१औँ तथा मल्ल ९४औँ स्थानमा थिए ।
आइसिसीले जारी गरेको वरियतामा नेपालबाट भुर्तेल र मल्लसहित चार खेलाडी समेटिएका छन् । वरियतामा परेका अन्य खेलाडीमा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने छन् । पछिल्लो वरियतामा खड्का ८८औँ स्थानमा छन्। यस्तै लामिछाने ७६औँ स्थानमा छन् । नयाँ वरियता अनुसार टी २० क्रिकेटमा नेपाल १३औँ स्थानमा रहेको छ । (रासस)
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया