पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला

काठमाडौँ- फ्रान्सका स्ट्राइकर किलीयन एम्बाप्पेले पुर्व क्लब पिएसजीविरुद्धको कानुनी लडाईं जितेका छन् ।
एम्बाप्पेले पिएसजीले दिनुपर्ने ६० मिलियन डलर पारिश्रमिक बापतको रकम नदिएको भन्दै कानुनी लडाईंमा गएका थिए ।
अब यस विषयको सुनुवाई गरेको लिग डी फुटबल प्रोफेसनल (एलएफपी) ले एम्बाप्पेको पक्षमा निर्णय दिएको छ ।
पिएसजीले यसअघि एम्बाप्पेले क्लबप्रति गरेको प्रतिबद्धता पुरा नगरेर रियल म्याड्रिड गएका कारण सो रकम नदिने बताउँदै आएको थियो ।
एलएफपीले पिएसजीले एम्बाप्पेलाई सो रकम तिर्नुपर्ने बताएको छ । साथै पिएसजीले यो निर्णयविरुद्ध अपिल गर्न नसक्ने तर फ्रेन्च फुटबल फेडेरेसनको कार्यकारी कमिटीमा रिफर गर्न भने सकिने बताएको छ ।
एम्बाप्पेको पक्षमा फैसला आएपछि पिएसजीले भने खेलाडीले क्लबप्रति गरेको सामान्य प्रतिबद्धता समेत पुरा नगरेको दाबी गर्दै अदालतमा विचाराधीन मुद्दाप्रति हतार गरेर निर्णय गरिएको उल्लेख गरेको छ । यद्यपि यस विषयमा पिएसजीले अदालत जाने बताएको छ ।
एम्बाप्पे पिएसजीमा २०१८ देखि २०२३ सम्म खेलेका थिए । यसक्रममा उनले पिएसजीका लागि ३०८ खेलमा २५६ गोल गरेका छन् ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया