लामो समयदेखि फरार १७ प्रतिवादी पक्राउ

फैसला कार्वान्यन गर्ने अभियान अन्तर्गत रौतहट प्रहरीले लामो समय देखि फरार रहेका १७ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय सहितको निकायबाट दण्ड जरिबाना रोकिएर फरार रहेका १७ जना प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कुटपिट मुद्दामा संलग्न गरुडा नगरपालिका ७ का रामदेव यादव सहित १३ जना, वडा ५ का अभद्र ब्यवहार मुद्दाका कारण यादव, वडा १ का सवारी अङ्गभङ्ग मुद्दाका हरिशचन्द्र यादव र गौर ३ का अनुचित लेनदेन मुद्दाका भागराथ साह रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।
उनीहरूबाट कैदसंगै १ लाख ८० हजार जरिवाना असुल तथा कारवाहीको लागि जिल्ला अदालत गौर र जिल्ला प्रशासन कार्यालय गौरमा बिहीवार उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ। पछिल्लो समय रौतहट प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने अभियान चलाएको छ ।

गोरखाका पाँच स्थानीय तहमा जग्गाको कित्ताकाट नहुने

पौडी खेल्ने गएका किशोरको डुबेर मृत्यु

त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय

१२ लाख बढी चोर्ने पोखराबाट पक्राउ

हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

सात वर्ष लगाएर देवघाटमा बनेको विद्युतीय शवदाह सञ्चालनमा आउने

११ जनालाई डिएसपीवाट एसपीमा बढुवा गराउन सिफारिस

प्रतिक्रिया