मोटरसाईकलमा लुकाएको लाखौंको चाँदीको गहनासहित भारतीय पक्राउ

रौतहट- जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले लाखौं मूल्य बराबरको अबैध चाँदीको गहना र मोटरसाईकल सहित एकजना भारतीय नागरिक लाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बैरगनिया नगर परिषद ८ असोगीका ६२ बर्षीय चन्देश्वर साह सोनार रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले शुक्रवार आज सार्वजनिक गरेका छन् ।
सीमावर्ती भारतीय बजार बैरगनिया बाट विआर ३० एफ ६६३५ नम्बरको मोटरसाईकलमा बिहीवार साँझ आउँदैगरेका साह माथी गौर भन्सार कार्यालय अगाडी शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा उनले मोटरसाईकलको ट्याङ्की मुनी प्लास्टिकमा लुकाएर राखेको कुल ७ लाख ७७ हजार ९२० रुपैयाँ बराबरको
७ किलो १८७ ग्राम चाँदीको विभिन्न किसिमका गहना बरामद गरिएको प्रवक्ता रायले बताएका छन्। गहना र मोटरसाईकल समेतको कुल ८ लाख २७ हजार ९२० रुपैयाँ ८८ पैसा मूल्याङ्कन सहित आज आरोपी साहलाई गहना मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको प्रहरीले जानकारी दिएको छ ।

मुग्लिनमा मापसे गरेका चालकले बस एकआपसमा ठोक्काए, प्रहरीले लियो नियन्त्रणमा

२५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी
_dFhR7ZzbOe_nzzcejongiwyxgvqjfrhtywapllf6fz2m166326sv2wepmifeccwdtjtbmik_eg5pKbFNJz_ytmvrjfku9wrw5kjzhmglb1pp8toshfqbk3u9flevyastfviboxshkafx6rc.jpg)
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा नेपाललाई ऐतिहासिक सफलता, डा मल्लले …

एउटै आमाको कोख, एउटै बाबुको सपना : जो छन् प्रहरीको नेतृत्वमा

स्पार्क एड्भेञ्चरमा दुइ दर्जन बढी सेलिब्रेटी सहभागी हुने, वैशाख २७ गते रुम्झाटा…

जन्ती पुर्याएर फर्किएको बस त्रियुगाको बाढीले बगायो

सेनाद्वारा बृहत स्वास्थ्य शिविर सञ्चालन

प्रतिक्रिया