बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

काठमाडौँ- म्यानचेस्टर युनाइटेडले युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा टर्कीको क्लब फेनेरबाहससँग बराबरी खेलेको छ ।
गएराती भएको खेलमा म्यानचेस्टर युनाइटेड र फेनेरबाहसले १-१ गोलको बराबरी खेलेका हुन् ।
म्यानचेस्टर युनाइटेडका लागि क्रिस्टियन एरिक्सनले खेलको १५औं मिनेटमा शुरुवाती गोल गरेका थिए भने फेनेरबाहसका लागि योउसेफ एन नेसयरीले खेलको ४९औं मिनेटमा बराबरी गोल गरेका थिए ।
युरोपा लिगमा म्यानचेस्टर युनाईटेडको यो तेस्रो बराबरी हो । ३ खेलमा ३ बराबरीसहित ३ अंक हासिल गरेर युनाइटेड लिगमा २१औं स्थानमा रहेको छ ।
त्यसैगरी फेनेरबाहसको ३ खेलमा ५ अंक भएको छ र लिगमा १४औं स्थानमा छ ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया