रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुँदै

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालिएको छ ।
सहकारी ठगी तथा संगठित अपराधको आरोपमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालेको हो ।
कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई बिहीबार कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको छ । साथै बिहीबार नै लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम ठगीको आरोपमा रुपन्देही जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।
सहकारी ठगीमा अनुसन्धान जारी रहेका बेला अब लामिछानेमाथि प्रहरीले अदालतमा सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्ने जानकारी दिएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया