मुक्तिनाथमा दैनिक चार हजार धार्मिक पर्यटक
म्याग्दी -दसैँको चहलपहलसँगै मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा धार्मिक पर्यटकहरूको ठूलो भिड लागेको छ। हालको समयमा दैनिक चार हजार भन्दा बढी दर्शनार्थीहरू मुक्तिनाथको आँगनमा आउने क्रम बढेको छ।
मुक्तिनाथ विकास समितिका व्यवस्थापक रबिन सुवेदीका अनुसार सफा मौसम र दसैँ तिहारको छुट्टीको समयलाई उपयोग गर्दै हजारौँ भक्तजन म्याग्दी हुँदै मुस्ताङको तर्फ जाने गरेका छन्। मन्दिर नजिकैको रानीपौवा बजारमा ३५ वटा सुविधायुक्त होटलहरू रहेका छन् । जहाँ भक्तजनहरूको चापले सबै होटलहरू भरिभराउ भएका छन्।
हालका दिनहरूमा आन्तरिक पर्यटकहरूको संख्या ८० प्रतिशत रहेको छ । जसमा अधिकांश भारतका पर्यटक रहेका छन्। चक्रीय अन्नपूर्ण पदमार्गको थोराङभञ्ज्याङ चढेर आउने विदेशी पर्यटकहरूको संख्या पनि उल्लेखनीय छ।
मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार सामान्य समयमा मन्दिर दिउँसो १२ देखि १ बजेसम्म बन्द रहने भए पनि, दसैँको अवसरमा दिनभर खुला रहने व्यवस्था गरिएको छ। भक्तजनहरूको सहजताका लागि लाइनमा बसेर दर्शन गर्न प्रबन्ध मिलाइएको छ।
मुक्तिनाथ मन्दिरमा दर्शन गरे मनोकामना पूरा गर्ने र सुख, शान्ति प्रदान गर्ने विश्वास छ। मन्दिर परिसरका १०८ धारा र जलकुण्डमा स्नान गर्ने चलनले भक्तजनहरूको भिडमा थप वृद्धि भएको छ।
मुक्तिनाथमा बृद्धि भएको पर्यटक आगमनले स्थानीय व्यापारमा उल्लेखनीय सुधार ल्याएको छ । कागबेनी, जोमसोम, मार्फा र लेटेसहित म्याग्दीका अधिकांश होटलहरू पनि पर्यटकहरूले भरिएको देखिन्छ।

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_VzxXBXDPtt_qphn2advyei8vryzf4qzdbs3khthypleqflmgy6uzq9ltbudhvrguxtgyesk.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

प्रतिक्रिया