बंगलादेशविरुद्धको पहिलो टेस्टमा दक्षिण अफ्रिका विजयी

काठमाडौँ- दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको पहिलो टेस्टमा ७ विकेटको जित हासिल गरेको छ । टेस्टको पाँचौं दिन बंगलादेशले दिएको १०६ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।
यस टेस्टको पहिलो इनिंगमा बंगलादेशले केवल १०६ रन मात्र बनाएको थियो भने दक्षिण अफ्रिकाले ३०८ रन बनाएको थियो । त्यस्तै बंगलादेशले दोस्रो इनिंगमा कमब्याकको प्रयास गर्दै ३०७ रन बनाएको थियो तर त्यो पर्याप्त भने भएन ।
यो टेस्ट जितेर दक्षिण अफ्रिकाले २ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल अक्टोबर २९ देखि हुने छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया