लेबनानमा इजरायली हवाई आक्रमणमा १० को मृत्यु

बेरुत,जेरुसेलम- दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा बुधबार बिहान १० जनाको मृत्यु भएको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएको छ ।
एनएनएका अनुसार इजरायली लडाकू विमानहरूले बिहानै नबातिह जिल्लाको माफदौन गाउँमा एक हुसैनियालाई ध्वस्त पारेर दुई जना मारेका थिए । यसबाहेक टायर जिल्लाको माराकेह गाउँमा इजरायली आक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।
यसैबीच हिजबुल्लाहले दक्षिणी लेबनानको राब एल थालाथिन र अदाइसेह गाउँमा इजरायली साइटहरूलाई लक्षित गरेको बताएको छ ।
इजरायली रक्षा बल (आइडिएफ) र इजरायली पुलिसले बुधवार पनि लेबनानबाट मध्य इजरायलको तेल अभिव महानगरतर्फ प्रक्षेपण गरेको रकेटलाई रोकेका थिए । आक्रमण लगतै इजरायलमा हवाई रक्षा साइरनहरू १० शहरमा सक्रिय गरिएको थियो ।
इजरायल प्रहरीले तेल अभिवको उत्तरमा रहेको सहर हर्जलियामा इन्सेप्शनको भग्नावशेषबाट कारमा क्षति पुगेको जानकारी दिएको छ ।
आइडिएफका अनुसार लेबनानबाट उत्तरी इजरायलमा प्रहार गरिएका २५ थप रकेटमध्ये केहीलाई रोकिएको थियो ।
सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको बढ्दो आक्रमणमा गहन हवाई हमला सुरु गरेको छ ।
इजरायलले लेबनानको दक्षिणी र पूर्वी क्षेत्रहरूका साथै माउन्ट लेबनान र बेरुतको दक्षिणी उपनगरहरूमा आक्रमणलाई तीव्र पारेको छ । साथै इजरायलले यस महिनाको सुरुमा दक्षिणी लेबनानसँगको सिमाना नजिकै भूमिगत अभियान सुरु गर्ने घोषणा गरेको थियो । (सिन्ह्वा)

सिरियामा हिंसा भड्किँदा ९४० बढीको मृत्यु, स्थिति नियन्त्रणबाहिर

दक्षिण कोरियामा भारी वर्षाले १४ जनाको मृत्यु, १२ बेपत्ता
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_yfxZTwJ6rE_rtoxazvnpdp5vvshqka2irfnzv0tpl33lbtumg4nlgsh3rbitt5ouxnis3p6_TjjoaNV2LK_ym7r6tt3qezv4l8hio4hwszx1rg8spyfmidchbpzxnxhlflibkdgrd0htynr.jpg)
इक्वेडरको पर्यटकीय सहरमा पुल बारमा गोली हानी नौ जनाको हत्या

भारतीय प्रधानमन्त्री मोदीले बेलायत र माल्दिभ्सको भ्रमण गर्दै

भ्यानको ठक्करबाट दनुवारको मृत्यु

सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते

युरोपेली राष्ट्र इरानसँग आणविक वार्ताका लागि पुनः तयारीमा

प्रतिक्रिया