ओली सरकार इतिहासकै अराजक : भण्डारी

जनकपुरधाम : जनता समाजवादी पार्टीका नेता शरदसिंह भण्डारीले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार इतिहासकै सबभन्दा बढी कलंकित र अराजक भएको आरोप लगाएका छन् ।
विद्यापति स्मृति दिवसमा शनिबार जनकपुरधाममा आयोजित कार्यक्रममा भण्डारीले भने, 'आफ्नो ४० वर्षको राजनीतिक यात्रामा यति भ्रष्ट, अनुशासनहीन र अराजक सरकार देखेको थिएन ।'
उनले भने ओली नेतृत्वको सरकार काम गर्नुको सट्टा भ्रष्टाचारमा लिप्त भएको कारण उनकै पार्टीमा विरोध सुरु भएको बताए । कानुनी व्यवस्थालाई निरन्तरता दिने उद्देश्यका साथ नेपाली जनताले सहज बहुमत दिएपनि त्यसको सदुपयोग नगरी भ्रष्टाचार र अनुशासनहिनतामा सरकार लिप्त रहेको बताए ।
भण्डारीले देशमा शक्ति विकेन्द्रिकरणका लागि जनताले संघीयता ल्याएपनि सरकारको नियतमा शंका लागि रहेको उल्लेख गर्दै संविधानको संरक्षण गर्ने सरकार नै ध्वस्त पार्ने षडयन्त्रमा लागेको आरोप लगाए ।
प्रदेश २ को नामाकरणका सन्दर्भमा भण्डारीले अहिलेसम्म नामाकरण गर्न नसक्नु दुःखद रहेको बताए । प्रदेशको नामाकरण पहिचान, भूगोल, भाषा र संस्कृतिसँग तालमेल हुनेगरी गर्नु पर्ने बताए ।

मधेसमा स्वास्थ्य बिमा गराउने साढे सात लाख बढी
लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

लहानमा ट्याङ्कीबाट खानेपानी वितरण सुरु

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
_j0pHGa9OqC_z0sfjwqxuvlbjkopkitgu6vlfl7hptuivphdr9h0ovej1ikmzzv055zyfep3_EGbUl3Yakh_pmi6wawzfj5tll0oxjy4gidjmw8uosekehhrmsw1arakkayo39awspjv4uiy.jpg)
प्रतिक्रिया