ललितपुर महानगरले दियो दक्षिणकालीलाई १ करोड, अन्य पाँच पालिकालाई ५० लाख

ललितपुर - ललितपुर महानगरले बाढी प्रभावित ६ वटा पालिकालाई साँढे तीन करोड राहत सहायता रकम दिने भएको छ ।
ललितपुर महानगरको बुधबार बसेको कार्यपालिका बैठकले ललितपुर जिल्लाका गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, बागमती गाउँपालिका , महाकांल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिकालाई ५०/५० लाख दिने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले दक्षिणकाली नगरपालिकालाई एक करोड दिने निर्णय गरेको छ । असोजको दोस्रो साता गएको बाढी पहिरोबाट यी पालिकामा धेरै जनधनको क्षति भएको । भौतिक पूर्वाधार भत्किएका छन् । पानीको मुहानमा अवरोध पुगेको छ । पानीको पाइप भाँचिएका, परिएका र थिचिएका छन् ।
ललितपुर महानगरद्धारा जारी विज्ञप्तिमा भनिएको छ , ‘विपद व्यवस्थापनमा सहयोग पुगोस् भनेर सहयोग गरेका हौं ।’ ललितपुरको दक्षिण भेगमा अवस्थित गोदावरी नगरपालिका, महांकाल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिकालाई संघीय सरकारले विपद् संकटग्रस्त पालिका घोषणा गरेको छ ।
महानगरका प्रमुख चिरीबाबु महर्जनले अभिभावकत्व ग्रहण गर्दै अप्ठ्यरो परेको बेलामा सहयोग गरेको बताए । उनले भने, ‘यो सहयोगले बिग्रिएका,भत्किएका संरचना पुनर्निर्माण गर्न र जनजीवन सहज बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ । ’

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

बागमतीमा पन्ध्र चालक र सहचालक सम्मानित
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

पाँचखालवासीलाई निःशुल्क रगत

करेन्ट लागेर एकै परिवारका तीन जना घाइते

१०७४ किलो गाँजासहित चार जना पक्राउ

प्रतिक्रिया