संगठन निर्माण अभियानमा केन्द्रित जसपा नेपाल

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालले जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानअन्तर्गत विभिन्न सांगठनिक गतिविधिहरूमा केन्द्रित रहेको छ ।
केन्द्रीय समितिको बैठकबाट अभियन्ताको रुपमा खटाइएका पार्टीका केन्द्रीय नेताहरूले आफ्नो जिम्मेवारीमा परेका पालिका समिति गठन, पुनर्गठन गर्ने कार्यलाई तीव्रता दिएका छन् । पार्टीका अधिकांश केन्द्रीय नेताहरु अभियानका लागि कार्यक्षेत्रमा खटिएका छन् ।
यसैबीच पर्सा, रौतहट, तनहुँलगायतका जिल्लाहरूमा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ताहरू जसपा नेपाल प्रवेश गरेका छन् ।
जिल्ला तथा पालिकामा विस्तारित बैठक आयोजना गरिनुका साथै अनुगमन तथा समीक्षा बैठकसमेत आयोजना भइरहेका छन् । पार्टीको केन्द्रीय समितिले सञ्चालन गरेको यस अभियानले पार्टीको सदस्य संख्या पाँच लाख पुर्याउने लक्ष्य राखेको छ । यो अभियान मंसिर मसान्तसम्म चल्ने छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया