राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जना पुर्पक्षका लागि कारागार चलान

सुर्खेत : सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीन जनालाइ पुर्पक्षका लागि कारागार चलान गरेको छ । गुर्भाकोट नगरपालिकाका ९ टुल्के चोमन भन्ने चौमनबहादुर घर्ती, भूपेन्द्र बुढा मगर र होटल संचालक मिलन भन्ने मनबहादुर पुनलाई पुर्पक्षका लागि कारागार चलान गरेको सुर्खेत जिल्ला अदालतका सुचना अधिकारी नरेन्द्र प्रसाद पोखरेलले जानकारी दिए ।
सुर्खेत जिल्ला अदालतका न्यायाधीश दिलप्रसाद सापकोटाको एकल इजलासले आज कारागार चलान गरेको जिल्ला अदालत सुर्खेतले जनाएको छ । राउटे समुदायका १९ र २३ वर्षकी युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर उनीहरूलाई यौन दुर्व्यवहार गरेपछि उनीहरूविरूद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो ।
ती युवतीलाइ युवाले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुर्व्यवहार गरेको भिडियो गत जेठ २३ गतेदेखि सामाजिक सञ्जालमा सार्वजनिक भएपछि तीनै जनालाइ प्रहरीले पक्राउ गरेको थियो ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया